नेपालमा पछिल्लो २४ घण्टामा थपिए १६१४ कोरोना संक्रमित, २३ को मृत्यु « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १६१४ कोरोना संक्रमित, २३ को मृत्यु


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ६१४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

आज देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ४ : २८ बजे

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि