३८९ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

३८९ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३८९ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहरेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५६ जना भेन्टिलेटरमा र ३ सय ३३ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३६ जना आईसीयू र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आईसीयू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आईसीयू र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ८ आईसीयू र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६८ आईसीयू र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आईसीयू उपचाररत रहेका छन्।

यसअघि बुधबार ४०८, मंगलबार ४ सय ५०,सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आईसीयू ÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।

नेपालमा २ लाख २७ हजार ६ सय ४० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख ९ हजार ४ सय ३५ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ०४ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल