प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। श्रींगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने छन्।

यसअघि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरेका थिए।

बिहीबार बिहान चार्टर्ड जहाजमा काठमाडौं आएका श्रींगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग ‌बैठक गरेका थिए।

उक्त बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको श्रींगलाले बताए।

विदेश सचिव श्रींगला शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम छ भने उनले भोलि नै नेपाल-भारत सम्बन्धबारे सम्बोधन पनि गर्नेछन्। उनी भोलि नै स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : २० बजे

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन