ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओलम्पियन दीपक विष्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तेक्‍वान्दोका कीर्तिमानी खेलाडी विष्टले बिहीबार फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

यसअघि उनको परिवारका ६ जनामा कोरोना संक्रमण देखिए पनि उनीहरु हाल निको भइसकेका छन् ।

‘‘कोरोना संक्रमणको महामारी हाम्रो घरमा पनि पसेरै छाड्यो । ६ जनामा अब कोरोना संक्रमणबाट मुक्त हुन बाँकी म मात्र छु । तपाईहरुको शुभेच्छाले म पनि चाँडै निको हुने विश्वासमा छ । स्वास्थ्य मापदण्डमा पूरा गर्ने कोसिस गर्दा गर्दै सायद आफ्नै कमजोरीले संक्रमण भयो । सकेसम्म संक्रमण हुन नदिन शारीरिक दूरी कायम गर्ने, मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुहोला,” उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ७ : ४६ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल