पाकिस्तानमा कोरोना : एकै दिन थपिए २ हजार ९५४ संक्रमित « Khabarhub

पाकिस्तानमा कोरोना : एकै दिन थपिए २ हजार ९५४ संक्रमित


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा जुलाईयताकै कोरोना संक्रमण उच्च देखिएको छ । मंगलबार जुलाईपछिकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

मंगलबार एकैदिन दुई हजार ९५४ नयाँ कोरोना संक्रमित फेला परेका हुन् । नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै पाकिस्तानमा कोरोना संक्रमितको कुल संख्या तीन लाख ७९ हजार ८८३ पुगेको छ ।

त्यसैगरी थप ४८ कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर कोरोना भाइरस संक्रमितको मृत्यु हुनेको संख्या सात हजार ७४४ पुगेको छ । हालसम्म कूल तीन लाख ३१ हजार ७६० मानिसहरु कोरोना संक्रमणमुक्त भएका छन् भने ४० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

पाकिस्तानमा धेरै प्रान्तहरु कोरोना संक्रमण बढ्दै जाँदा नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् । सिन्ध सरकारले कोभिड-१९ को प्रसार रोक्‍न थप कोरोना भाइरस लकडाउन जारी गरेको छ ।

पञ्‍जाबमा ६३० कोरोना संक्रमित थपिएका छन् भने त्यो ४९८ दिनपछिकै सबैभन्दा उच्च संक्रमण हो । प्रान्तमा एक लाख १५ हजार १३८ कोरोना संक्रमित पुगेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १२ : ५७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर