सुडानका पूर्वप्रधानमन्त्री मेहदीको कोरोना सङ्क्रमणपछि मृत्यु | Khabarhub Khabarhub

सुडानका पूर्वप्रधानमन्त्री मेहदीको कोरोना सङ्क्रमणपछि मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको निधन भएको छ ।

कोरोना संक्रमित ८४ वर्षीय मेहदीको बिहिबार निधन भएको हो ।

मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए ।

उनलाई केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा वर्खास्त गरेका थिए ।

त्यसपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि उनी निरन्तर आवाज उठाउँदै आएका थिए ।

तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि यूनाइटेड अरब इमिरेट्स पठाइएको थियो ।

मेहदीको पार्टीद्वारा आफ्ना नेताको मृत्युप्रति दुःख व्यक्त गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘नेता मेहदीको मृत्युका कारण शोकमा परेका सुडानी जनताप्रति हाम्रो समवेदना छ ।’

मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि सङ्घर्ष गरेका थिए ।

सुडानमा अहिलेसम्म १७ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये एक हजार २०० व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ७ : २५ बजे

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ – मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी