सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए « Khabarhub

सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।

क्षयरोगको सङ्क्रमण भएका एक हजार ५०० परिवारको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच गर्दा नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य निर्देशनालय राजपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताए ।

उनका अनुसार सोही अवधिमा ३०० व्यक्तिको खकारको नमूना सङ्कलन गरी जाँच गर्ने स्थानमा पुर्‍याइएको थियो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ग्लोबल फण्डको रकम सहप्रापक संस्थाले गरेको काम सराहनीय रहेको बताए ।

‘सुदूरपश्चिम क्षेत्रमा एक वर्षको अवधिमै ४३१ नयाँ बिरामी पत्ता लाग्नु प्रभावकारी कार्य हो’, उनले भने, ‘यसले लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आएका छन् । क्षयरोगको उपचार सेवा लिन सकेका छन् । यसले समयमै उपचार प्राप्त गरी निको हुन्छन् । अन्य क्षेत्रमा क्षयरोगको सङ्क्रमणसमेत हुन पाउँदैन ।’

आगामी दिनमा समेत लुकेर बसेका क्षयरोगीको खोजी गरी स्वास्थ्य संस्थाको सम्पर्कमा ल्याउने कामलाई निरन्तररूपमा अगाडि बढाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १० : ०२ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२