फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो « Khabarhub

फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले शुक्रबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा छ । नेपालले यही नोभेम्बरमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

तर, नेपालले पहिलो खेल २-० ले गुमाएको थियो भने दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो । २ खेलको सिरिज नेपालले १-० ले गुमाएको थियो । नेपाललाई हराएको बंगलादेश भने तीन स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ । एसियामा भने नेपाल ३४औं स्थानमा छ ।

चार स्थान सुधार गरेको भारत१०४औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५५औं स्थानमा यथावत छ । भुटान १८९औं स्थानमा र पाकिस्तान २००औं स्थानमा यथावत छ । श्रीलंका २०६औं स्थानमा यथावत छ ।

विश्व वरीयताको शीर्ष ६ स्थानमा कुनै परिवर्तन भएको छैन भने मेक्सिको र इटली शीर्ष दशमा प्रवेश गरेका छन् ।

यस्तै क्रोएसिया र कोलम्बिया शीर्ष दशबाट बाहिरिएको छ । बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्लयाण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् ।

अर्जेन्टिना एक स्थान उक्लदै सातौंमा पुग्दा उरुग्वे एक स्थान तल आठौंमा झरेको छ । दुई दुई स्थान सुधार गरेको मेक्सिको र इटली क्रमश: नवौं र दशौँ स्थानमा छ ।

क्रोएसिया दुई स्थान तल झर्दै ११औं स्थानमा पुगेको छ भने पाँच स्थान तल झर्दै कोलम्बिया १५औं मा पुगेको छ । एसियन राष्ट्रहरुमध्ये जापान सबैभन्दा अगाडि २७औं स्थानमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ७ : ५९ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम