युरोपियन संसदद्वारा ‘एलईटी’लाई कारबाही गर्न पाकिस्तानी प्रधानमन्त्रीलाई आग्रह « Khabarhub

युरोपियन संसदद्वारा ‘एलईटी’लाई कारबाही गर्न पाकिस्तानी प्रधानमन्त्रीलाई आग्रह


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- २००८ को नोभेम्बर २६ मा भएको मुम्बई आक्रमणमा संलग्‍न भएको आतंकवादी समूह लस्कर-ई-तैयबा (एलईटी) लाई कारबाही गर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई आग्रह गरिएको छ ।

युरोपियन संसद्‌का सदस्यहरुले पाकिस्तानका प्रधानमन्त्री खानलाई तत्काल आतंकवादी समूह एलईटीलाई कारबाही गर्न आग्रह गरेका हुन् । युरोपियन संसदका सदस्य रिसजार्ड जारनेकी र फुलभियो मार्तुसेलोले पाकिस्तानलाई आतंकवादी समूहलाई कारबाही गर्न आग्रह गरेका हुन् ।

उनीहरुलाई पाकिस्तानले आतंकवादी समूहलाई संरक्षण गरेको संकेत गर्दै मुम्बई आक्रमणका पीडितहरुलाई न्याय दिन ढिलाइ नगर्नसमेत आग्रह गरेका छन् ।

सन् २००८ मा पाकिस्तानमा रहेको आतंकवादी समूह एलईटीले मुम्बईका विभिन्‍न स्थानहरुमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा १७७ जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए ।

युरोपियन संसदका लागि इटालीयन प्रतिनिधि मार्तुसेलो र पोल्यान्डका प्रतिनिधि जारनेकीले पाकिस्तानी प्रधानमन्त्री खानलाई पत्र पठाउँदै २६ नोभेम्बर २००८ को आक्रमणका पीडितहरुलाई न्याय दिन आग्रह गरेका हुन् ।

उनीहरुले पाकिस्तानले हालसम्म उनीहरुलाई कारबाही गर्न नसकेको भन्दै निन्दासमेत गरेका छन् । यस्ता किसिमका नरसंहारहरु आगामी दिनमा हुन नदिनका लागि समेत सचेत गराउँदै पीडितहरुलाई न्याय दिन आंतकवादीहरुलाई कारबाही गर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : ३७ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,