सामुदायिक र निजी बालविकास केन्द्रबीच विभेद : अध्ययन | Khabarhub Khabarhub

सामुदायिक र निजी बालविकास केन्द्रबीच विभेद : अध्ययन


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भविष्यका कर्णाधार बालबालिकाको विकास र सिकाइलाई समग्रतामा अगाडि बढाउन अत्यावश्यक बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव एक अध्ययनले देखाएको छ ।

सामुदायिक र निजी बालविकास केन्द्रबीच पूर्वाधार, वातावरण र सिकाइका दृष्टिमा विभेद् देखिएकाले सामुदायिक बाल विकास केन्द्रमा स्थानीय तहले लगानी बढाउनुपर्ने पनि अध्ययनले सुझाव दिएको छ ।

सार्थक शिक्षा संस्थाले ललितपुर महानगरपालिकाभित्रका चार वर्ष उमेर समूहका ‘बालबालिकाको विकास सहीरुपमा भएको छ ?’ भन्ने विषयमा गरेको अध्ययनले विकास र सिकाइका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तयार गरेको मापनको सही पालना नभएको र स्थानीय तहले पर्याप्त लगानी तथा अनुगमन नगरेको देखाएको हो ।

सो संस्थाका अध्यक्ष डा मिनाक्षी दाहालले बालबालिकालाई सर्वाङ्गीण विकास र प्राथमिक शिक्षाको तयारी गरी भविष्यका लागि अशल जनशक्ति उत्पादन गर्न बाल विकास कार्यक्रममा लगानी बढाउनुपर्ने बताए ।

अध्ययनले सामुदायिक (सरकारी) स्तरका प्रारम्भिक बाल विकासमा बालबालिकाको समग्र विकास ५० प्रतिशत मात्रै पाइएको र गरिब एवं विपन्न समुदायका अभिभावकका बालबालिकासँग बाल विकास कार्यक्रम पुग्न नसकेको देखाएको छ । ललितपुरमा सामुदायिक र निजी क्षेत्रका गरी दर्ता भएका १३७ वाल विकास केन्द्र क्रियाशील छन् ।

दर्ता नभएका वाल विकास केन्द्र पनि छन् । तीमध्ये ६७ वटा केन्द्रका साथै घरधुरी सर्वेक्षणबाट ६५६ बालबालिकामा सो अध्ययन गरिएको थियो । अध्ययनका क्रममा १८८ विद्यालय र ५३४ सहजकर्ताबाट प्रश्नावली भराइएको थियो ।

अध्ययनमाथि समीक्षा गर्दै शिक्षाविज्ञ डा प्रमोद भट्टले बालबालिकाको शारीरिक, बौद्धिक र संवेगात्मक विकासबारे विद्यमान अवस्थाको चित्रण गरी नीतिगत र कार्यान्वयनका क्षेत्रमा सुधारका लागि अध्ययनले बाटो देखाएको जनाउँदै अध्ययनको दायरा फराकिलो बनाउन सुझाव दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  २ : २८ बजे

नदी कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल

तनहुँ – व्यास नगरपालिकास्थित शिसाखोला–बुल्दीखोला, छबिसेदेखि घाँसीकुवासम्म नदीले कटान हुने

बालेनलाई लक्षित गर्दै सुनिताले भनिन् : आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो नरोजौँ

काठमाडौं– ‘डुङ्गा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाँच्ने

लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

साम्बाले भनिन्- उज्वेकिस्तानसँग पेनाल्टीमा चुकेको कुराले पछिसम्म पिरोलिरहनेछ

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानबाट फर्किएको छ ।