शरणार्थी व्यवस्थापनका लागि सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्र संघ « Khabarhub

शरणार्थी व्यवस्थापनका लागि सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्र संघ


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इथियोपियाको टाइग्रेबाट सुडान पुगेका  शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले खाद्यान्न, बसोबास तथा कपडाको व्यवस्थापनका लागि १५ करोड डलर जरूरी रहेको बताएका हुन् ।

इथियोपियाको संघीय बल तथा त्यस क्षेत्रको सत्तासिन दलबीच नोभेम्बर ४ मा सुरु द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।

इथियोपियाको अति गरिब क्षेत्र टाइग्रेमा लगातार भीडन्त भइरहेका र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रबेश गरेका हुन् ।

सुडानका शक्तिशाली शासक ओमार अल बसीरलाई सन् २०१९ मा सत्ताच्युत गरिएपछि सुडान अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : ०२ बजे

पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको

कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल