कर्मचारी भर्ना गर्ने बागमती प्रदेशको तयारी | Khabarhub Khabarhub

कर्मचारी भर्ना गर्ने बागमती प्रदेशको तयारी


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि बागमती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ ।

बागमती प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा.मानबहादुर बिकेका अनुसार प्रदेश सरकारले कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण  स्वीकृत गरिसकेको छ ।

सोअन्तर्गत प्रदेशका विभिन्न मन्त्रालय, निकाय र कार्यालयहरुका लागि तीन हजार ७६६ स्थायी दरबन्दी र २८३ अस्थायी दरबन्दी कायम हुने गरी कर्मचारी व्यवस्थापनको काम अघि बढाइएको हो ।

प्रदेश सरकारले कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ बमोजिम प्रदेश सेवाको कानून बनेपछि सोहीअनुसार सेवाका शर्तहरु कायम हुने गरी स्वीकृत दरबन्दीमा रिक्त पदहरु पदापूर्ति गर्न प्रदेश लोकसेवा आयोगसँग माग गरेको छ ।

अब बागमती प्रदेशअन्तर्गतका सबै मन्त्रालय, निकाय र कार्यालयहरुले आआफ्नो कार्यालयमा रिक्त कर्मचारी तथ्याङ्क पहिचान गरी प्रदेश लोकसेवा आयोगलाई परिपत्र गरेपछि आयोगले थप कर्मचारी व्यवस्थापनको काम अघि बढाउने छ ।

हाल वाग्मती प्रदेशमा आवश्यकताअनुसार कर्मचारी नहुनु, स्पष्ट कानून नहुनु, बजेट खर्च प्रणाली व्यवस्थित नहुनु लगायतका कारण कार्य सम्पादनमा समस्या हुँदै आएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा.बिकेले जानकारी दिए ।

प्रदेश सरकारले सबै सरकारी निकायमा रिक्त कर्मचारी व्यवस्थापनको काम पूरा गरेपछि प्रदेश  सरकारको कार्य सम्पादनमा थप सहजता हुने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : ३३ बजे

एकीकृत समाजवादीको विद्यार्थी संगठनको अध्यक्षमा महेश श्रेष्ठ

काठमाडौं – नेकपा (एकिकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको

अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ देखि

सुनसरी – यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण

देशको राजनीतिले असल पार्टी खोजेको छः अध्यक्ष नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

दिपक समिरको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक

काठमाडौं – संचारकर्मी दिपक समिरद्वारा लेखिएको कथा संग्रह ‘मुना–मदनको डिभोर्स

स्कार्पियोबाट ७११ किलो गाँजा बरामद, चालक फरार

काठमाडौं- प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद