कतारमा कम्पनी परिवर्तन गर्न ‘रिजाइन लेटर’ चाहिने « Khabarhub

कतारमा कम्पनी परिवर्तन गर्न ‘रिजाइन लेटर’ चाहिने


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा रोजगारी परिवर्तन गर्नको लागि आवेदन बुझाउँदा कामदारले आफ्नो राजीनामाको प्रतिलिपि पनि संलग्न गर्नु पर्ने भएको छ ।

यस्तै कामदारले रोजगारी परिवर्तन गर्न खोजेको नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्प पनि आवश्यक पर्ने कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक सचिव मोहम्मद हसन अल ओबैदलीका अनुसार आवेदन प्राप्त भएपछि मन्त्रालयले रोजगारदाता कम्पनी र कामदारलाई म्यासेज पठाउने तथा कामदारले कम्पनी परिवर्तन गर्न लागेको बारेमा जानकारी दिनेछ ।

मन्त्रालयबाट आएको पहिलो म्यासेजले निवेदन स्वीकृत भएको नजनाउने पनि उनले प्रष्ट्याएका छन् ।

अन्तिम काम नभएसम्म कामदारलाई रोजगारदाताले कम्पनीमै राख्नु पर्ने जनाईएको छ ।

कम्पनी परिवर्तन गर्न दुई वर्ष वा सो भन्दा बढी काम गरिसकेको कामदारले दुई महिना सूचना अवधि र दुई महिना भन्दा कम अवधिमा एक महिना सेवा गर्नुपर्नेछ।

रोजगारदाता र कामदारका लागि रोजगार सम्झौताको पालना गर्नु अनिवार्य भएको उनले बताए । रोजागारी दिने र पाउने दुबै पक्षहरूको एक अर्काको दायित्व र अधिकार विर्सन नहुने पनि ओबैडलीले बताए ।

यदि कुनै कामदारले रोजगार सम्झौता वा श्रम कानूनको प्रावधानको उल्लंघन गरेर देश छोडे भने एक वर्ष कतार फर्कन नपाउने उनले प्रष्ट्याए ।

अहिले कतारले नो अब्जेक्सन लेटर बिनै कम्पनी परिवर्तन गर्न सक्ने नियम लागू गरिसकेको छ ।

यसअघि राजीनामा पत्रबारे केही उल्लेख गरिएको थिएन ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : ५२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको