हुलाकी सडक निर्माण शुरु गर्न माग « Khabarhub

हुलाकी सडक निर्माण शुरु गर्न माग


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने सर्लाहीवासीले चेतावनी दिएका छन् ।

ठेकेदारको लापर्वाहीले लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र पुनः सञ्चालन नगरे जिल्लाका राजनीतिक दल र स्थानीयवासी आन्दोलनमा उत्रने भएका हुन् ।

शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा बसेको सर्वदलीय बैठकले मङ्सिर २१ गतेसम्म सडक निर्माणको काम अघि नबढे सङ्घर्षमा उत्रने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।

सङ्घीय सरकारबाट एक हप्तासम्म सडकको निर्माण अघि बढाउन पहल नभए मङ्सिर २१ गतेदेखि आन्दोलनमा उत्रने बैठकले निर्णय गरेको सभापति चौधरीको भनाइ छ ।

बैठकले अहिलेका ठेकेदारमार्फत सडक निर्माणको काम पूरा हुन नसक्ने भन्दै नयाँ ठेकेदारमार्फत काम अघि बढाउन पनि माग गरे ।

मलङ्वादेखि पूर्वतर्फ सङ्ग्रामपुरसम्म, मलङ्वादेखि पश्चिम रोहुवासम्म र त्यहाँदेखि बलरासम्म तीन खण्डमा गरी सडकको ठेक्का लागे पनि ठेकेदारले केही समय अघि माटो भर्नेलगायत सामान्य काम गरे पनि अन्य काम अघि बढाएको छैन ।

‘क’ वर्गको ठेकदार भए पनि आफूसँग आवश्यक मेसिनरी साधन, अन्य आवश्यक सामग्री नरहेको कारण पनि निर्माण कार्य ढिलो भएको भन्दै उनै ठेकदारबाट यो सडक निर्माणको काम सम्भव नरहेको सभापति चौधरीले बताए ।

हुलाकी सडक छेउछाउको बसाइँ र यात्रा अत्यन्त कष्टकर बनिरहेको स्थानीय बासिन्दाले गुनासो गरिरहेका छन् ।

सडक नबन्दा धुलोले जनजीवन निकै आक्रान्त भएको भन्दै बैठकमा सहभागी सांसद, स्थानीय निकायका प्रमुख र नागरिक समाजका अगुवा नियमनकारी निकायका प्रतिनिधि, सडक कार्यालय र ठेकेदारका प्रतिनिधिसँग आक्रोशित भएका थिए ।

छलफलमा नेपाल–भारत सीमा नाका खुलाउन निरन्तर पहल र सङ्घर्ष गरिरहने निर्णयसमेत भएको छ ।

बैठकमा सङ्घीय सांसद महेन्द्र राय यादव र डा अमरेशकुमार सिंह, प्रदेशसभा सदस्य अशोककुमार यादव, उपेन्द्र महतो, गौरीनारायण साह, हुलाकी सडकमा पर्ने विभिन्न पालिकाका प्रमुख, प्रमुख राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, हुलाकी सडक हेर्ने चन्द्रनिगाहपुर र जनकपुरका प्रमुख, ठेकेदारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  २ : ०२ बजे

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज

भोजपुरमा माटोका ध्रुव राई बलियो, शेरधन निरन्तर पछाडि

काठमाडौं – भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता कायमै

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका