१३ औँ दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक « Khabarhub

१३ औँ दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक



काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण एक वर्षपछि सार्वजनिक गरिएको छ ।

राखेप परिसरमा पत्रकार सम्मेलन गरी राखेपले सागमा १ अर्ब ३७ करोड ७८ करोड ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको जनाएको छ ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले सागमा पूर्वाधार निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ लाख ९७३ खर्च भएको बताएका छन् ।

सागको खर्च विववरण समयमा सार्वजनिक गर्न नसक्नुका पछाडि काठमाडौँ पोखरा र जनकपुरबाट हिसाबकिताब समयमा प्राप्त नहुनुलाई मानेका छन् ।

राखेपले साग खर्चका लागि सरकारबाट प्राप्त रकममध्येबाट जोगिएको १ अर्ब ६६ करोड फिर्ता गरेको बताइएको छ ।

साग आयोजनामा राखेपले काठमाडौँ, पोखरा र जनकपुर सचिवालयको खर्च छुट्टा छुट्टै र विभिन्न समिति तथा उपसमितिहरुले गरेको खर्चका शीर्षक छुट्याएर राखिएको छ ।

यस्तै, राखेपले आम्दानीका स्रोतमा सरकारबाट प्राप्त, टिकटबाट उठेको रकम, विज्ञापनको रकम र सहभागि राष्ट्रबाट प्राप्तभन्दै चार शीर्षक छुट्याएको छ ।

जसबाट १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ छ ।

उक्तविवरण मध्ये ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैया बैंकमा रहेको र १ करोड ९३ लाख ८० हजार २२४ रुपैया फ्रिज भएको सागको खर्च विवरण सार्वजनिक गर्दै राखेप सदस्यसचिव सिलवालले बताएका छन् ।

यस्तै, साग आयोजना पूर्व गठित समितिले सागमा ३ अर्बभन्दा बढी बजेट खर्च हुने अनुमान गरेको थियो । तर, सदस्यसचिव सिलवालले त्यसको झण्डै आधामा साग आयोजना गरेको स्पष्ट पारेका छन् ।

राखेपले १३ औं सागका पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागि राष्ट्रिय संघहरुलाई पुरस्कारवापत २२ करोड ७६ लाख वितरण गरेको जनाएको छ ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरी २०७ पदक जितेको थियो ।

उनले अनुमानित रकम गलत नभएको तर, विभिन्न शीर्षकको खर्च कटौती गर्दै प्रतियोगिता आयोजना गर्दा कम खर्च भएको बताएका छन् ।

‘खर्च अनुमान गर्दा शीर्षक फरक–फरक थियो । जस्तै, खेलाडीले अभ्यास गर्दा इलेक्टिानिक डिभाइस प्रयोग गर्ने, ओपनिङ र समापन अझै भव्य गर्ने भन्ने थियो । त्यसमा पनि शीर्षक घटायौं, सुरक्षाको खर्चमा पनि घटायौं,’ सदस्यसचिव सिलवालले भने ।

सदस्यसचिव सिलवालले साग आयोजनाका क्रममा भएका विभिन्न शीर्षकका भत्ता समेत आफुले नलिइ यसैमा राखेको बताएका छन् । आफुले मात्रै नभइ अरु कर्मचारी र पदाधिकारीहरुले समेत त्यस्तो गरेको उनले पत्रकार सम्मेलनमा बताएका छन् । त्यो पनि खर्च कम हुनुको कारण रहेको उनले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  २ : २४ बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र