नेपालमा पछिल्लो २४ घण्टामा थपिए १२५५ कोरोना संक्रमित, २५ को मृत्यु « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १२५५ कोरोना संक्रमित, २५ को मृत्यु


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार९७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ रहेको थियो ।

पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १२ हजार ५९० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार ८१८६ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ४ : २४ बजे

अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, नेकपा रावल पराजित 

अछाम–  प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १

बालेन प्रधानमन्त्री हुने पक्का, रास्वपा नेताहरु भन्छन्– ‘सहमति तलमाथि हुँदैन’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह झापा ५

पूर्वप्रधानमन्त्री माधव नेपाल पराजित, रास्वपाका चौधरीले भत्काए कम्युनिस्ट किल्ला

काठमाडौं– रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भएका

रास्वपाको जितबारे विदेशी मिडियाले के लेखे ?

काठमाडौं- हालै सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुवाती अग्रता

गोरखा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय