चिनियाँ रक्षामन्त्रीद्वारा शितल निवासमा राष्ट्रपतिसँग शिष्टाचार भेट « Khabarhub

चिनियाँ रक्षामन्त्रीद्वारा शितल निवासमा राष्ट्रपतिसँग शिष्टाचार भेट


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ रक्षामन्त्री वेइ फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार साँझ  राष्ट्रपति कार्यालय शितल निवासमा उनले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घन्टा औपचारिक भेटवार्ता गरेपछि उनी शितलनिवास पुगेका हुन् ।

भण्डारीसँगको भेटपछि फेङ्हे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।

प्रधानमन्त्री ओलीलाई भेट्नुअघि उनलाई जंगीअड्डामा सम्मान गारद प्रदान गरिएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको थियो ।

फेङ्हे आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका थिए । विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ६ : १९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका