कस्तो रह्यो चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण (फोटोफिचर) « Khabarhub

कस्तो रह्यो चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण (फोटोफिचर)


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहे आइतबार साँझ स्वदेश फर्किएका छन् ।

बिहान १० बजे काठमाण्डौ आएका उनी दिनभरि भेटवार्तामा व्यस्त रहे ।

साँझ उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्नुअघि उनलाई जंगीअड्डामा सम्मान गारद प्रदान गरिएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको थियो ।

फेङ्हे आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका थिए । विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनलाई स्वागत गरेका थिए ।

चिनियाँ रक्षामन्त्री वेई फेङही नेपालको एक दिवसीय औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’द्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत । तस्वीर-रासस
चिनियाँ रक्षामन्त्री वेई फेङही नेपालको एक दिवसीय औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’द्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत । तस्वीर-रासस
नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चीनका राज्यपरिषद सदस्य तथा रक्षामन्त्री वेई फेङहे नेपाली सेनाको मुख्यालयमा । तस्वीर- रासस

चिनियाँ रक्षामन्त्रीद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ताका केही तस्वीर

तस्वीर– प्रधानमन्त्रीको सचिवालयबाट

जंगीअड्डामा सम्मान गारद लगायत भेटवार्ताका केही तस्वीर

तस्वीर- नेपाली सेना

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : ०४ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री