मेगा बैंकका ग्राहकलाई डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट-पे’ सेवा « Khabarhub

मेगा बैंकका ग्राहकलाई डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट-पे’ सेवा


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ।

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

मेगा बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरुले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन्। उक्त प्रणाली मार्फत कन्टेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सकिने मेगा बैंकले जनाएको छ।

कर्पोरेट पेमा आबद्व हुनका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरि ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातको लागि स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसपश्चात ग्राहकहरुले तोकिएको सीमा भित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना गर्न सक्नेछन भने तोकिएको सीमा भन्दा बढी रकमको कारोबार गर्नको लागि बैंकले नियमानुसार थप प्रक्रिया पूरा गरेपश्चात गर्न मिल्ने व्यवस्था रहेको छ।

यस प्रणालीमा पहुँच पाउन ‘मल्टि लेयर अथेन्टिकेसन’ को सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै, ग्राहकले आवश्यक्ता अनुसार यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ।

आफ्ना ग्राहकहरुका लागि विभिन्न डिजिटल भुक्तानी माध्यामहरु प्रदान गर्दै आएको मेगा बैंकले यस कर्पोेट पे प्रणालीको सुरुवातबाट बैंकका व्यवसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिएको छ। यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंकको शाखा कार्यालयमा उपस्थित नभई विभिन्न भुक्तानीको कारोबारहरु अनलाईन मार्फतनै गर्न सकिने हुँदा व्यवसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले जनाएको छ।

कर्पोरेट पे प्रणालीको सम्बन्धमा थप जानकारीको लागि बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न मेगा बैंकले अनुरोध गरेको छ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ३ : ५० बजे

कमजोर नौसेना भए पनि उस्तै छ स्ट्रेट अफ होर्मुजमा इरानको दबदबा

तेहरान- इरानले बुधबार दुई व्यापारिक जहाज नियन्त्रणमा लिएको छ। अमेरिकी

प्रहरी प्रतिष्ठान स्थानान्तरण नहुने

काठमाडौं- सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रक्षिण प्रतिष्ठान स्थानान्तण नगर्ने निर्णय

२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने

लन्डन- बेलायतले भावी पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन

सम्भावित एकताका लागि सुदन र हर्क छलफलमा

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छोडेर

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान

बागमती– बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले