कालोपत्रे गर्न सिद्धार्थ राजमार्ग दैनिक ४ घण्टा बन्द « Khabarhub

कालोपत्रे गर्न सिद्धार्थ राजमार्ग दैनिक ४ घण्टा बन्द


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- सिद्धार्थ राजमार्गको बर्तुङ–बुटवल सडकखण्ड आंशिक मात्रै सञ्चालन भएको छ ।

कालोपत्र गर्न आइतबारबाट दैनिक चार घण्टा यातायात बन्द गरिएको छ ।

बिहीबारसम्म बिहान साढे १० बजेबाट दिउँसो साढे १२ बजे र दिउँसो २ बाट अपराह्न ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीका अनुसार राजमार्गको झुम्सा–दोभान सडक खण्डमा कालोपत्र थालिएकाले सडक आंशिक मात्र सञ्चालन गरिएको हो ।

राजमार्गको झुम्सापुलदेखि दोभानसम्मको १ हजार ५ सय मिटर पहिलो चरणमा कालोपत्र हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : २० बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी