पाँच दिनदेखि वेपत्ता दुहबीका युवकको शव फेला « Khabarhub

पाँच दिनदेखि वेपत्ता दुहबीका युवकको शव फेला


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबीका एक युवकको शव फेला परेको छ ।

दुहबी नगरपालिका– २ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान दुहबी– २ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडी रहेको खाली भागमा शव भेटिएको हो ।

उनी मसिंर १० गतेदेखि बेपत्ता थिए । सोमबार बिहान करिब ५ बजेतिर भेटिएको उनको शवमा टाउको र संवेदनशिल भागमा चोट देखिएको प्रहरीले जनाएको छ ।

चौधरीको अपहरणपछि हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

चौधरीको शव पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ११ : २० बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी