ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर कास्कीको जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा « Khabarhub

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर कास्कीको जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंकले शुक्रबार कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभुप्रसाद ढकाल र कास्की प्रहरी कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठले संयुक्तरुपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन्।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै पोखरा महानगरपालिका–९, नयाँबजारस्थित जिल्ला ट्राफिक कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राहीलगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाका पहुँच पुर्‍याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखासहित २३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, २३१ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् २१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १ : ३६ बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि