न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त « Khabarhub

न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम उनलाई नियुक्त गरिएको हो।

नेपाल बार एसोसिएसन, कार्यसमितिको बैठकले गत कात्तिक २२ गते श्रेष्ठको नाम सिफारिस गरेको थियो भने गत मंसिर १२ गते बसेको संसदीय सुनुवाइ समितिबाट उनको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

श्रेष्ठ यसअघि पनि न्याय परिषद सदस्य भइसकेका थिए ।

नयाँ संविधान बनेपछि उनी आफ्नो कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए। न्यायाधीश नियुक्ति, आचरण अनुगमन र कारबाही गर्ने निकाय न्याय परिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ।

सदस्यहरूमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा एक जना वरिष्ठ अधिवक्ता र प्रधानमन्त्रीको सिफारिसमा एक जना कानुनका विज्ञ सदस्य रहने व्यवस्था छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : ०१ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै