चुनावमा ‘धाँधली’ भएको प्रमाण पेश गर्न खोज्दा अदालतले नसुनेको ट्रम्पको आरोप  « Khabarhub

चुनावमा ‘धाँधली’ भएको प्रमाण पेश गर्न खोज्दा अदालतले नसुनेको ट्रम्पको आरोप 


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी परिणामको विषयमा अमेरिकाको अदालती प्रणालीमाथि नै गुनासो पोखेका छन् ।

उनले चुनावका विषयमा आफूले प्रमाण पेश गर्न खोज्दा समेत अदालतले आफ्नो पक्ष सुन्न तयार नभएको आरोप लगाएका हुन् ।

उनले फेरि पनि जोड दिएर चुनाबमा आफ्नो हार भएको कुरा स्वीकार नगर्ने बताए । चुनाबी नतिजापछि पहिलो अन्तरवार्ताको क्रममा ट्रम्पले फक्स न्यूजसँग यस्तो बताएका हुन् ।

ट्रम्पले भने ‘हामी प्रमाण पेश गर्ने प्रयास गरिरहेका छौं तर न्यायाधीशले अनुमति दिइरहेका छैनन् । हामीसँग कैयौं प्रमाण छन् । हामीलाई प्रमाण पेश गर्न दिइएको छैन । म यस सम्बन्धमा पनि मुद्दा दायर गर्छु । हामीसँग हजारौं एफिडेविट छन् ।’

ट्रम्पले चुनावमा आफ्नो हार भएको कुनै हालतमा मान्न नसक्ने बताउँदै चुनाबमा धाँधली भएको कुरा दोहोर्‍याए ।

ट्रम्पले जो बाइडेनलाई पनि कुनै हालतमा राष्ट्रपतिको रुपमा स्वीकार नगर्ने बताए ।

ट्रम्पले भने ‘ठूलो मात्रामा भोटिङ फ्रडको उनको षड्यन्त्रलाई बिर्सन सक्दिनँ । तपाइँले मेरो राय बदल्न सक्नुहुन्न । ६ महिनामा मेरो दृष्टिकोण बदलिएको छैन । यो चुनावमा धाँधली भएको छ । यो चुनाव पूर्ण रुपमा फर्जी थियो । यदि यस्तो हुँदैनथ्यो भने हामी सजिलै चुनाव जित्थ्यौं ।’

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : २२ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई