२७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै « Khabarhub

२७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आज र भोली देशभर राष्ट्रिय भिटामिन कार्यक्रम गर्दैछ । ७७ वटै जिल्लाका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन दोस्रो चरणका कार्यक्रम शुरु भएको हो ।

आज (शुक्रबार) र भोली (शनीबार) देशभरका स्थानीय तहहरुमा ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदै छ ।

यस्तौ शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका ३० जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित परीक्षण र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ ।

परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार आज र भोलि गरी ६ महिना देखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ए खुवाइदै छ ।

यस्तै १ बर्षदेखि ५ बर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । राष्ट्रिय भिटामिन कार्यक्रमको लागि सरकारले आठ करोड बजेट छुट्याएको शाखाका प्रमुख पराजुलीले जाकारी दि ए ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ११ : ४२ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक