जानेट यालेनलाई अर्थमन्त्री बनाउने बाइडेनको प्रस्ताव | Khabarhub Khabarhub

जानेट यालेनलाई अर्थमन्त्री बनाउने बाइडेनको प्रस्ताव


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ट्रेजरी सेक्रेटरी अर्थात् अर्थमन्त्रीमा जानेट यालेनलाई मनोनयनको प्रस्ताव गरेका छन् ।

जानेट अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर हुन् ।

अर्थमन्त्रीमा जानेट नियुक्त भएमा उक्त पदमा पुग्ने पहिलो महिला हुने बीबीसीले जनाएको छ।

अन्तरिम प्रशासन सञ्चालनको क्रममा बाइडेनले आफ्नो टिममा महिलालाई प्राथमिकता दिँइरहँदा उनको नाम प्रस्ताव गरेका हुन् ।

नयाँ राष्ट्रपतिले चार हजारभन्दा बढी राजनीतिक पदहरु पूर्ती गर्न पाउनेछन् । बाइडेनले विदेशमन्त्रीमा स्टोनी ब्लिंकेन र गृहमन्त्रीमा अलेहान्द्रो मेयरकासलाई प्रस्ताव गरिसकेका छन्।

नोभेम्बर ३ को चुनावबाट अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले जनवरी २० मा ह्वाइट हाउसमा पद तथा गोपनियताको शपथग्रहणपछि कार्यभार सम्हाल्ने छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : ३५ बजे

इरानका छ विमानस्थलमा इजरायली आक्रमण

काठमाडौं– इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको दाबी

इरानका सैन्य स्थलहरूमा इजरायली आक्रमण

एजेन्सी – इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार

काठमाडौंलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको बेहाल (तस्बिरहरू)

काठमाडौं– देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने

इरानका विदेशमन्त्री रूसमा, राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने

एजेनसी–  इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानका प्रमुख आणविक केन्द्रहरूमा अमेरिकाले

मनाङमा रैथाने बाली उत्पादन घट्दै

मनाङ– समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३