चीनले उत्तर कोरियालाई दियो कोभिडविरुद्धको खोप, नेता उनलाई खोप लगाइयो « Khabarhub

चीनले उत्तर कोरियालाई दियो कोभिडविरुद्धको खोप, नेता उनलाई खोप लगाइयो


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले उत्तर कोरियाका नेता किम जोङ उन तथा उनको परिवारलाई परीक्षणमा रहेको कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराएको छ ।

चीनले उपलब्ध गराएको कोभिडविरुद्धको खोप उत्तरकोरियाका नेता उनले लगाएका छन् । एक अमेरिकी विश्लेषकका अनुसार किमको परिवारका लागि चीनले परीक्षणमा रहेको खोप उपलब्ध गराएको हो ।

वाशिङटनमा रहेको थिंकट्यांक सेन्टर फर नेसनल इन्टरेस्टमा उत्तर कोरियाविज्ञ ह्यारी काजियानिसले किम परिवार तथा वरिष्ठ अधिकारीहरूलाई खोप लगाइसकिएको बताए ।

कुन कम्पनीले परीक्षणमा रहेको खोप उपलब्ध गराएको हो र यो सुरक्षित छ कि छैन भन्ने स्पष्ट छैन ।

‘किम जोङ उनले अन्य शीर्ष अधिकारीहरूलाई गएको दुईदेखि तीन हप्तामा कोरोनोभाइरसको खोप दिइएको छ । चीन सरकारले परीक्षण गरिरहेको खोप उपलब्ध गराएको हो,’ काजियानिसले अन्लाइन पत्रिका नाइन्टीनफोर्टीफाइभमा लेखे ।

सिनोभ्याक बायोटेक लिमिटेड, क्यानसिनोबायो र सिनोफ्राम ग्रूप लगायतका चिनियाँ कम्पनीले कोरोनाको खोप बनाइरहेको अमेरिकी वैज्ञानिक पिटर जे होटेजले बताएको भनी काजियानिसले उद्धृत गरेका छन् ।

उत्तर कोरियाले देशमा एउटा पनि संक्रमण नरहेको भने पनि दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले चीनसँग उत्तरको व्यापारिक तथा जानसांख्यिक सम्बन्ध रहेकाले संक्रमण फैलिएको हुनसक्ने बताएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १२ : ३२ बजे

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं- सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका