काठमाडौं उपत्यकामा  थपिए ५३० कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा  थपिए ५३० कोरोना संक्रमित


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा २४० महिला र २९० जना पुरुष रहेका छन् ।

काठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ संक्रमित थपिएका हुन् ।

मंगलबार देशभर १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उपत्यकामा ८ सय ९ जना संक्रमित थपिएका थिए ।

त्यसैगरी, आज काठमाडौंमा ११, ललितपुर २ र भक्तपुरमा २ जना गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८८ हजार ३०२ जना संक्रमित भएका छन्, जसमध्ये ३८६ जनाको मृत्यु भएको छ।

निको हुनेको संख्या ८१ हजार ११० छ।ललितपुरमा १३ हजार ३५९ जना संक्रमित भएका छन्। जसमा ११४ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ८८४ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ९९५ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २९८ जना निको भइसकेका छन्।आज काठमाडौमा ६ हजार ८०६, ललितपुरम १ हजार ३६१ र भक्तपुरमा ६०४ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ। २४ घण्टामा २ हजार ७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ४ : ३१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब