काठमाडौं उपत्यकामा  थपिए ५३० कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा  थपिए ५३० कोरोना संक्रमित


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा २४० महिला र २९० जना पुरुष रहेका छन् ।

काठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ संक्रमित थपिएका हुन् ।

मंगलबार देशभर १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उपत्यकामा ८ सय ९ जना संक्रमित थपिएका थिए ।

त्यसैगरी, आज काठमाडौंमा ११, ललितपुर २ र भक्तपुरमा २ जना गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८८ हजार ३०२ जना संक्रमित भएका छन्, जसमध्ये ३८६ जनाको मृत्यु भएको छ।

निको हुनेको संख्या ८१ हजार ११० छ।ललितपुरमा १३ हजार ३५९ जना संक्रमित भएका छन्। जसमा ११४ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ८८४ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ९९५ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २९८ जना निको भइसकेका छन्।आज काठमाडौमा ६ हजार ८०६, ललितपुरम १ हजार ३६१ र भक्तपुरमा ६०४ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ। २४ घण्टामा २ हजार ७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ४ : ३१ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।