हत्या अभियोगमा फरार तीन अभियुक्त १८ वर्षपछि पक्राउ « Khabarhub

हत्या अभियोगमा फरार तीन अभियुक्त १८ वर्षपछि पक्राउ


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय लमजुङले हत्या अभियोगमा फरार रहेका तीन अभियुक्तहरुलाई १८ वर्षपछी पक्राउ गरेको छ ।

उनीहरुलाई मंगलवार पक्राउ गरि सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका-५ बस्ने ४१ वर्षिय मन बहादुर गुरुङ, सोहि स्थानका २४ वर्षिय धनराज गुरुङ र ४५ वर्षिय मिरु भन्ने धन बहादुर गुरुङ रहेका छन् ।

पक्राउ परेका उनिहरुले २०५९ साल असोज ३० गते बडा दसैँको दिन साबिक जिल्ला लमजुङ कोल्की गाविस– ३ हाल दूधपोखरी गाउँपालिका– ५ स्थित श्री हिमालय माध्यमिक विद्यालयको चौरमा सोहि स्थानका २८ वर्षिय भीम बहादुर गुरुङलाई टाउकोमा ढुंगा प्रहार गरी हत्या गरि फरार भएका थिए ।

उक्त घटना पश्चात फरार रहेका उनिहरुलाई विशेष सुचनाको आधारमा १८ वर्षपछी पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ५ : ३७ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट