विराटनगरमा ‘प्लाज्मा’ आदानप्रदानका लागि एप सञ्चालन « Khabarhub

विराटनगरमा ‘प्लाज्मा’ आदानप्रदानका लागि एप सञ्चालन


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोरोना भाइरस संक्रमितको उपचारका लागि प्लाज्मा आदानप्रदान गर्न विराटनगर महानगरपालिकाले ‘प्लाज्मा बैंक विराटनगर’ एप सञ्चालनमा ल्याएको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफ्नो व्यक्तिगत विवरणसहित फोटो हालेर एप्सको शुभारम्भ गरे।

कोरोना संक्रमण भएर निको भएको दिनदेखि ३० दिनभित्र प्लाज्मा आदानप्रदान गर्न सकिने भएकाले दिने व्यक्तिले एपमा आफ्नो नाम, फोन नम्बर र रगत समूह उल्लेख गर्नुपर्ने हुन्छ।

संक्रमित भएर निको भएका व्यक्तिले रगत नदिएको हकमा मात्र यो लागू हुने र २२ दिनसम्म रगत नदिएको अवस्थामा महानगरपालिकाले बोलाएर रगत दिन इच्छुक व्यक्तिको रगत संकलन गरेर राखेमा २ महिनासम्म काम लाग्ने छ।

प्लाज्मा दिने ब्यक्तिले रगत दिएको खण्डमा एपमार्फत रगत दिएको जानकारी गराउनुपर्ने महानगरपालिकाले जनाएको छ।

इच्छुकहरुले गुगल प्ले स्टोरमा गएर प्लाज्मा बैंक विराटनगर डाउनलोड गर्न प्रमुख पराजुलीले आग्रह गरे। प्रमुख पराजुलीले कोरोना संक्रमित र अरु रोगका बिरामीहरुका लागि छिट्टै रक्तदान कार्यक्रम संचालन गर्ने बताए।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ०६ बजे

गत वष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले