ट्रम्पका विशेष सल्लाहकार डा एटलसले दिए राजीनामा | Khabarhub Khabarhub

ट्रम्पका विशेष सल्लाहकार डा एटलसले दिए राजीनामा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकार डा स्कट एटलसले राजीनामा दिएका छन्।

ट्रम्पलाई धन्यवाद ज्ञापन गर्दै उनले राजीनामा दिएर आफ्नो ४ महिने कार्यकाल टुंग्याएका हुन्।

राजीनामामा उनले भनेका छन्, ‘मैले सधैं विज्ञान र प्रमाणको विश्वास गरेँ, कुनै राजनीतिक कारणबाट म प्रभावित बनिनँ।’

आफ्नो चार महिने कार्यकालमा डाक्टर एटलसले कोरोना भाइरस नियन्त्रण गर्न मास्क लगाउन आवश्यक छ र ? भन्ने विषयमा प्रश्न उठाउँदै आएका थिए।

कोरोना भाइरस टास्क फोर्सका अन्य सदस्यसँग पनि एटलस कैयौँ पटक विवाद गरेर चर्चामा आएका थिए।

स्ट्यानफोर्ड विश्वविद्यालयका ह्युवर इन्स्टिट्युसनका वरिष्ठ फेलो तथा रेडियोलोजिस्ट रहेका एटलस गत अगस्टमा कोरोना टास्क फोर्समा सहभागी थिए।

उनी मास्कविरोधी रहनुका साथै कोरोना नियन्त्रणका लागि लकडाउन नै गर्नुपर्छ भन्नेमा विषयमा विमति जनाउँदै आएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : १० बजे

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

काठमाडौं – पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा

मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले मनाङमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले भू–धरातलीय

भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा सघाउने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको प्रस्ताव

काठमाडौँ- अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेन-जी आन्दोलनकारीले तोडफोड र

जनमुखी साकोसको कुल दायित्व १ अर्ब ३८ करोड पुग्यो 

दोलखा– जिल्लाको वैतेश्वर-५ मैनापोखरी मुख्य कार्यालय रहेको जनमुखी  बचत तथा