मोदीको पार्टीलाई भोट हालेपछि मतदाताले काटे आफ्नै औंला | Khabarhub Khabarhub

मोदीको पार्टीलाई भोट हालेपछि मतदाताले काटे आफ्नै औंला


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लखनउ– भारतमा एक यूवाले लोकसभा चुनावमा भोट गरेपछि आफ्नो औंला काटेका छन् । सर्तकता अपनाउन नसक्दा गलत पार्टीलाई भोट हालेको भन्दै ती युवाले आफ्नो औंला काटेको बिबिसीले उल्लेख गरेको छ ।

पवन कुमार नाम गरेका उनले उत्तर प्रदेशको बुलन्दशहरमा बिहिबार भोट गरेका थिए । उनले दलित सर्मथित बुहजन समाजवादी पार्टीलाई भोट गर्न चाहेका थिए, तर उनले भारतीय जनता पार्टीलाई भोट गरेको बताएका छन् । भारतीय जनता पार्टी भारतीय प्रधानमन्त्री नरेनद्र मोदीकाे दल हो ।

उनले स्थानीय पार्टीलाई भोट गर्न भनि गए पनि चुनाव चिह्नको कारण अर्कै पार्टीलाई भोट गर्न पुगेकाले निराश भई औंला काटेको प्रतिक्रिया दिएका छन् ।

समाजवादी पार्टीको चुनाव चिह्न हात्ती भएको र यसले अन्य दुई पार्टीसँग साँठगाँठ गरी भारतीय जनता पार्टीविरुद्ध चुनाव लडिरहेको छ ।

भारतीय जनता पार्टीको चुनाव चिह्न भने कमलको फुल रहेको छ । भारतमा अहिले दोस्रो चरणको चुनाव भइरहेको छ, जहाँ ९० करोड जनता भोट गर्न योग्य छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १२ : २१ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार