सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल « Khabarhub

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल थालेका छन् ।

नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग ‘भनाभन’ नै भएपछि बुधबारको बैठकमा नआउने बताएका ओलीले आज आफूनिकट नेताहरुसँग छलफल गरिरहेका छन्।

नेकपाको सचिवालय बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। आज दिउँसो पुनः बैठक बस्ने गरी मंगलबार स्थगित भएको थियो।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो बैठकमा आरोप–प्रत्यारोप भएपछि ओलीले बुधवारको बैठकमा उपस्थित नहुने बताएका थिए।

ओली उपस्थित नभए पनि आजको बैठक अघि बढाउने दाहाल पक्षको तयारी छ।

नेकपामा पछिल्लो समय चर्किएको शक्ति संघर्ष दुई अध्यक्षबीच बैठकमा बाहेक बोली बाराबारको अवस्थामा छ। अध्यक्षद्वय ओली र दाहालबीचको विवाद लिखित रुपमै आरोप प्रत्यारोपको उच्चतम तहमा पुगेको छ। एकले अर्कोलाई पार्टी विभाजन गर्न खोजेको लिखित आरोप लगाएपछि परिस्थिति थप गम्भीर बनेको हो।

बैठकको औचित्य नरहेको भन्दै ओलीले बैठकमा उपस्थित नहुने बताएको केही नेताले सार्वजनिक गरेका थिए। यहीकारण पनि आजको बैठकमा अब कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफूनिकट नेताहरुसँग छलफलमा जुटेका हुन्।

केही नेतालाई बालुवाटार बोलाएर तथा केही नेतासँग टेलिफोनमै छलफल गरिरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ११ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै