२४ घण्टामा १५६७ कोरोना संक्रमित डिस्चार्ज « Khabarhub

२४ घण्टामा १५६७ कोरोना संक्रमित डिस्चार्ज


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १८ हजार १६१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५३८ पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ४ : २२ बजे

आजको मौसम पूर्वानुमान : देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

ट्रम्प र सीबीच आज भेटवार्ता हुँदै : के छन् एजेन्डा ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

इन्टर मिलानलाई इटालियन कपको उपाधि

काठमाडौँ – लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले

विराट कोहलीको शतक : कोलकातालाई हराउँदै आरसिबी आइपिएलको शीर्ष स्थानमा

रायपुर – विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स