राजतन्त्र पुनर्स्थापनाको माग गर्दै डडेल्धुरामा प्रदर्शन « Khabarhub

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै डडेल्धुरामा प्रदर्शन


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपाललाई राजतन्त्रसहित हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागराख्दै डडेल्धुरा सदरमुकाममा आज राजावादीहरुले प्रदर्शन गरेका छन् ।

राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले सदरमुकाममा र्‍यालीसहित प्रदर्शन गरेको हो । सदरमुकामस्थित बसपार्क, तुफानडाँडा, किर्तिपुर, पोखरा बजार र टुडिँखेल हुँदै गणतन्त्र बिरोधी चर्का नारावाजीकासाथ नगर परिक्रमा गरेको र्‍याली पुनः बसपार्कमा फर्केर कोणसभामा परिणत भएको थियो ।

युवाहरूले नेपालको झण्डा लिएर मोटर साइकल तथा गाडीमा राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । र्‍यालीका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

पछिल्लो समयमा नेताहरूको काम कारबाही प्रति स्थानीय जनताहरूको वितृष्णा बढ्दै गएकोले राजतन्त्र पुर्नबहालीको मागगर्दै प्रदर्शन गरिएको राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराका कार्यक्रम संयोजक निरज जोशीले बताए ।

कार्यक्रम संयोजक जोशीले कोरोना महामारीको सङ्क्रमणको जोखिमलाई मध्येनजरगर्दै र्‍यालीमा सहभागीहरुलाई मास्क र स्यानेटाइजरको प्रयोग गरेर स्वास्थ्य सजगता अपनाउदै र्‍याली प्रदर्शन गरिएको जानकारी दिए ।

र्‍यालीमा नेकपा, काँग्रेस लगायतका राजनीतिक दलका नेता कायकर्ताहरूको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : १० बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा