राजतन्त्र पुनर्स्थापनाको माग गर्दै डडेल्धुरामा प्रदर्शन « Khabarhub

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै डडेल्धुरामा प्रदर्शन


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपाललाई राजतन्त्रसहित हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागराख्दै डडेल्धुरा सदरमुकाममा आज राजावादीहरुले प्रदर्शन गरेका छन् ।

राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले सदरमुकाममा र्‍यालीसहित प्रदर्शन गरेको हो । सदरमुकामस्थित बसपार्क, तुफानडाँडा, किर्तिपुर, पोखरा बजार र टुडिँखेल हुँदै गणतन्त्र बिरोधी चर्का नारावाजीकासाथ नगर परिक्रमा गरेको र्‍याली पुनः बसपार्कमा फर्केर कोणसभामा परिणत भएको थियो ।

युवाहरूले नेपालको झण्डा लिएर मोटर साइकल तथा गाडीमा राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । र्‍यालीका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

पछिल्लो समयमा नेताहरूको काम कारबाही प्रति स्थानीय जनताहरूको वितृष्णा बढ्दै गएकोले राजतन्त्र पुर्नबहालीको मागगर्दै प्रदर्शन गरिएको राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराका कार्यक्रम संयोजक निरज जोशीले बताए ।

कार्यक्रम संयोजक जोशीले कोरोना महामारीको सङ्क्रमणको जोखिमलाई मध्येनजरगर्दै र्‍यालीमा सहभागीहरुलाई मास्क र स्यानेटाइजरको प्रयोग गरेर स्वास्थ्य सजगता अपनाउदै र्‍याली प्रदर्शन गरिएको जानकारी दिए ।

र्‍यालीमा नेकपा, काँग्रेस लगायतका राजनीतिक दलका नेता कायकर्ताहरूको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : १० बजे

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा