जब पति आनन्द आहुजाले बाँधिदिए सोनमको जुत्ताको फित्ता « Khabarhub

जब पति आनन्द आहुजाले बाँधिदिए सोनमको जुत्ताको फित्ता


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सोनम कपूर आहुजा र आनन्द आहुजा आफ्नो बिहेपछिको जीवनलाई खुशीसाथ मनाइरहेका छन् । दुवैका बीचमा जबरजस्त ‘बोन्डिङ’ छ । यी दुईको रोमान्टिक तस्वीर सामाजिक सञ्जालमा छाइरहने गर्छ ।

यतिबेला भने यो कपलको एउटा तस्वीर भाइरल भइरहेको छ । जुन तस्वीरमा पति आनन्दले सोनमको जुत्ताको फित्ता बाँधिरहेको देख्न सकिन्छ ।

सोनम–आनन्दको यो फोटो कुनै स्टोर लञ्चको बेलाको हो । स्टोरमा आनन्दले सोनमको जुत्ताको फित्ता बाँधिदिन्छन् । आनन्दको यो कामको सामाजिक सञ्जालमा खुबै तारिफ भइरहेको छ ।

स्टोर लञ्चका लागि सोनम पहेंलो ड्रेसमा सुन्दर देखिएकी छिन् । आनन्द पनि कूल देखिएका छन् । आनन्द र सोनमको बिहे सन् २०१८ मा भएको थियो । बलिउडका चर्चित जोडीमध्ये एक जोडीमा सोनम र आनन्दलाई लिने गरिन्छ ।

यी दुईको बिहेमा टिभी र बलिउडका दिग्गज सेलिब्रेटी आएका थिए । यसअघि सोनम ‘एक लड्कीको देखा तो ऐसा लगा’ मा देखिएकी थिइन् । यो फिल्ममा सोनमले पहिलोपटक आफ्नो बुबासँग स्किृन शेयर गरेकी थिइन् ।

 

 

 

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : २३ बजे

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट