जब पति आनन्द आहुजाले बाँधिदिए सोनमको जुत्ताको फित्ता « Khabarhub

जब पति आनन्द आहुजाले बाँधिदिए सोनमको जुत्ताको फित्ता


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सोनम कपूर आहुजा र आनन्द आहुजा आफ्नो बिहेपछिको जीवनलाई खुशीसाथ मनाइरहेका छन् । दुवैका बीचमा जबरजस्त ‘बोन्डिङ’ छ । यी दुईको रोमान्टिक तस्वीर सामाजिक सञ्जालमा छाइरहने गर्छ ।

यतिबेला भने यो कपलको एउटा तस्वीर भाइरल भइरहेको छ । जुन तस्वीरमा पति आनन्दले सोनमको जुत्ताको फित्ता बाँधिरहेको देख्न सकिन्छ ।

सोनम–आनन्दको यो फोटो कुनै स्टोर लञ्चको बेलाको हो । स्टोरमा आनन्दले सोनमको जुत्ताको फित्ता बाँधिदिन्छन् । आनन्दको यो कामको सामाजिक सञ्जालमा खुबै तारिफ भइरहेको छ ।

स्टोर लञ्चका लागि सोनम पहेंलो ड्रेसमा सुन्दर देखिएकी छिन् । आनन्द पनि कूल देखिएका छन् । आनन्द र सोनमको बिहे सन् २०१८ मा भएको थियो । बलिउडका चर्चित जोडीमध्ये एक जोडीमा सोनम र आनन्दलाई लिने गरिन्छ ।

यी दुईको बिहेमा टिभी र बलिउडका दिग्गज सेलिब्रेटी आएका थिए । यसअघि सोनम ‘एक लड्कीको देखा तो ऐसा लगा’ मा देखिएकी थिइन् । यो फिल्ममा सोनमले पहिलोपटक आफ्नो बुबासँग स्किृन शेयर गरेकी थिइन् ।

 

 

 

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : २३ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता