बालिका बलात्कार कसुरमा १२ वर्ष ६ महिना जेल सजाय | Khabarhub Khabarhub

बालिका बलात्कार कसुरमा १२ वर्ष ६ महिना जेल सजाय


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा उदयपुरको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई साढे १२ वर्षको जेल सजाय भएको छ ।

बुधबार उदयपुर जिल्ला अदालतका न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजायको फैसला गरेको हो ।

अदालतका तहसिलदार राजकुमार आचार्यका अनुसार सोही किशोरसँगै सामूहिकरुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई भने सजायमुक्त गरेको गरिएको छ ।

विसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी  बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीमा उजुरी परेलगत्तै इलाका प्रहरीले पक्राउ गरेर दुवैलाई अनुसन्धानका लागि बाल सुधार गृहमा राखेर बलात्कारसम्बन्धी मुद्दा चलाएको थियो ।

जेल सजाय पाएका किशोरलाई बालक भएका कारण १८ वर्ष हुँदासम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाउने तयारी गरिएको पनि अदालतका सूचना अधिकारी तथा तहसिलदार आचार्यले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : ३५ बजे

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले

मध्यपश्चिम विश्वविद्यालयमा ल्याब सामग्री खरिदका लागि सामाजिक विकास मन्त्रालयसँग सम्झौता

सुर्खेत- ल्याब सामाग्री खरिदका लागि मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेश

अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा