तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न रामचन्द्र पौडेल आज फेरि जाने | Khabarhub Khabarhub

तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न रामचन्द्र पौडेल आज फेरि जाने


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज पनि जाने भएका छन्‌।

हिजो पुल उद्‌घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पौडेलले पुल उद्‌घाटन गर्न खोजेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी कांग्रेसका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। तर, निषेधाज्ञाकै बीच पौडेल पुल उद्घाटन गर्न जान खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

तनहुँ प्रहरीले नेता पौडेललाई गिरफ्तार गरी हिरासतमा राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी तत्काल रिहाइ गर्न भनेका थिए। करिब ३ घण्टा तनहुँ प्रहरीको हिरासतमा बसेपछि पौडेल रिहाइ भएका हुन्।

उद्घाटनलाई लिएर विवाद निम्तिएको सो पुल उद्‌घाटन आज कांग्रेस नेता पौडेलले नै गर्ने कांग्रेसले जनाएको छ।

हिजोको घटनाले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पतनको लागि आफैँ मार्गप्रशस्त गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको टिप्पणी गरेका छन्।

‘उहाँ पक्राउ परेपछि कयौँ ठाउँमा साथीहरूले प्रदर्शन गर्नुभयो, अझै गर्नुहुन्छ, उहाँ गिरफ्तारमा पर्नुभयो, रिहा हुनुभयो, तर कुरा सकिएको छैन, यो सरकारले आफ्नो पतनको लागि मार्ग प्रशस्त गरेको भन्ने हाम्रो ठहर छ, भोलिको दिन पनि देशका विभिन्न ठाउँमा साथीहरूले प्रदर्शन गर्नु हुनेछ,’ उनले भने, प्रदर्शनको तम्तयारीमा साथीहरू हुनुहुन्छ, स्थगित गरेको पुल उद्घाटनको काम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल ११ बजे त्यही पुल उद्घाटनको लागि जानुहुन्छ।’

पौडेल पक्राउ पछि कांग्रेस सभापति देउवाले पनि विज्ञप्ति जारी गरी देशव्यापी विरोध कार्यक्रम चर्काउने बताएका थिए।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १० : ५५ बजे

युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

नयाँदिल्ली– सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य

भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

नयाँदिल्ली– भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही

बैंकिङ कसुरमा नयाँ कानुन : अब चेक बाउन्स भए कस्तो कारबाही ?

काठमाडौं – बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन

बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुद्ध दर्शनलाई अवलम्बन गर्न

स्वर्णिम साहित्य सम्मानबाट बज्राचार्य र सुसारा सम्मानित

काठमाडौं – स्वर्णिम साहित्य समाज सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै