ग्लोबल आइएमई बैंकको २३२ औँ शाखारहित बैंकिङ सेवा माईजोगमाईमा « Khabarhub

ग्लोबल आइएमई बैंकको २३२ औँ शाखारहित बैंकिङ सेवा माईजोगमाईमा


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– ग्लोबल आइएमई बैंकले ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। थप १ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३२ पुगेको छ।

शाखारहित बैंकिङ सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले यस स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको बैकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३२ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : १७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर