पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन


१८ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा निधन भएको छ ।

उनको बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि सैनिक अस्पताल भर्ना गरिएका उनको उपचारकै अवस्थामा हृदयघात भएर निधन भएको जनाइएको छ ।

जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री भएका थिए ।

प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् ।

बलुच समुदायका जमालीले पूर्वराष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गरेका थिए । तर सन् २००४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  १ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको