पौडेल पक्राउको विरोधमा आज पनि माइतीघरमा प्रदर्शन « Khabarhub

पौडेल पक्राउको विरोधमा आज पनि माइतीघरमा प्रदर्शन


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार पक्राउ गरेको विरोधमा तरुण दलले आज माइतीघरमा प्रदर्शन गरेको छ ।

बिहीबार माइतिघर मण्डालामा उपस्थित भएर तरुण दलका कार्यकार्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे । अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा भएको विरोधसभा प्रर्दशनकारीहरुले ‘भ्रष्टाचारी सरकार, मुर्दावाद’, ‘संवैधानिक दायित्व पूरा गर’ ‘शान्ति सुरक्षा कायम गर’लगायतका नारा लगाएका थिए।

यसैबीच नेता पौडेललाई पक्राउ गरेको विरोधमा भक्तपुरका कांग्रेस कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

कांग्रेस भातृ संगठन तरुण दलको आयोजनामा भएको विरोधमा सभामा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, जिल्ला कार्यसमिति भक्तपुरका पदाधिकारीहरू, महासमिति सदस्य र स्थानिय पार्टी कार्यकर्तासहितको उपस्थिति रहेको थियो ।

बुधबार तनहुँको ब्यास नगरपालिकाको पुलको उद्घाटन गर्न पुगेका पौडेललाई सत्तारुढ नेकपाको दबाबमा प्रशासनले तीन घण्टा नियन्त्रणमा लिएको थियो।

बुधबार उद्घाटन गर्न नपाए पनि पौडेलले बिहीबार दिउँसो उक्त पुलको उद्घाटन गरेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ७ : २६ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ