देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ को सट्टा देशको नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय गर्नु संविधान विपरित रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी भएको छ ।

अधिवक्ता सुब्बा श्रेष्ठले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

बिहीबार सर्वोच्चका न्यायाधीश मीरा खड्काको इजलाशले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिनु नपर्ने कुनै आधार भए प्रमाणसहित १५ दिनभित्र महान्याधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनेको छ ।

रिटमा मन्त्रिपरिषद्को असोज ११ को निर्णयअनुसार कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालयमार्फत भएको परिपत्र बदर गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १० : ४९ बजे

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड

लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लागौँ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी

पशुपति क्षेत्रका १५ शिवालयको अध्ययन गर्न कार्यदल गठन

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ वटा शिवालयको

तनहुँको भानु नगरपालिकाबाट तीन किशोरी बेपत्ता

दमौली– तनहुँको भानु नगरपालिकाबाट एकैदिन तीन किशोरी बेपत्ता भएका छन्