चिनियाँ रक्षामन्त्रीको भ्रमण 'नेपाल-चीन'बीचको द्विपक्षीय मामिला हो : भारत | Khabarhub Khabarhub

चिनियाँ रक्षामन्त्रीको भ्रमण ‘नेपाल-चीन’बीचको द्विपक्षीय मामिला हो : भारत


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङको नेपाल भ्रमण द्विपक्षीय मामिला भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयले आयोजना गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा पत्रकारहरुले वेई फेङको नेपाल र पाकिस्तान भ्रमणको बारेमा भारतीय सरकारको धारणा मागेका थिए।

‘भ्रमणको विषयमा म कुनै टिप्पणी गर्न चाहान्नँ। यो द्विपक्षीय विषय हो,’ मन्त्रालयका प्रवक्ता अनुरा श्रीवास्तवले भने।

चीनका रक्षामन्त्री वेइ आइतबार एक दिने भ्रमणको क्रममा नेपाल आएका थिए।

भारतीयका पूर्वकूटनीतिज्ञहरुले रक्षामन्त्री वेईको भ्रमणलाई लिएर नेपालले भारतीय संवेदनशीलतालाई बुझ्न नसकेको टिप्पणी गरेका थिए। नेपालपछि उनले पाकिस्तानको पनि भ्रमण गरेका थिए ।

यसैगरी भारतको विदेश मन्त्रालयले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नेपाल भारत संयुक्त आयोगको बैठक अध्यक्षता गर्न निम्त्याएको जनाएको छ।

‘नेपाल भ्रमणमा गएका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलाले नेपालका परराष्ट्रमन्त्रीलाई विदेशमन्त्रीको संयुक्त आयोगको बैठकको अध्यक्षता गर्नका लागि निमन्त्रणा गर्नु भएको छ,’ श्रीवास्तवले भने, ‘मितिको विषयमा दुवै पक्षबीच छलफल भइसको छ।’

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : २० बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड