साइकल लेन निर्माणलाई निरन्तरता | Khabarhub Khabarhub

साइकल लेन निर्माणलाई निरन्तरता


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण शुरु गरेको छ ।

गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।

मुकुन्देश्वरीदेखि रामकोट जोड्ने गरी साइकल लेनको काम पुनः थालिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

गत जेठ महिनामा शुरु गरिएको उक्त काममार्फत गाउँपालिकाले २७ जनालाई रोजगारी दिएको थियो । मङ्गलबारबाट १५ अतिविपन्न श्रमिकलाई उक्त काममा परिचालन गरिएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले अतिविपन्न श्रमिकलाई माघसम्मका लागि रोजगारी दिइएको जानकारी दिए ।

साइकल लेनको विभिन्न स्थानमा साइकल पार्क, पोखरी तथा विश्रामस्थलसमेत निर्माण गरिनेछ ।

गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् ।

सूचीकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अतिविपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रमअन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गर्ने गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले जानकारी दिए ।

गाउँपालिकामा चालु आर्थिक वर्षमा दातृ निकाय र नेपाल सरकारबाट कूल रु ६८ लाख २५ हजार सःशर्त अनुदान रकम ज्यालामा खर्च गर्ने गरी विनियोजन भएको छ ।

गाउँपालिकाले चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेको ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रमलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै अगाडि बढाउने तयारी गरेको छ ।

उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आवमा रु ३० लाख बजेट विनियोजन गरेको छ । बन्दीपुर गाउँपालिका–२ बाट वडा नं ३ रामकोट जोडिने उक्त साइकल लेन चार किमीको हुनेछ । साइकल लेनले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण शुरु गरिएको हो ।

‘साइकल लेन निर्माणपछि राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुनेछ’, गाउँपालिकाका अध्यक्ष थापाले भने ।

गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ ।

काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको सोच छ ।

बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने थापाले जानकारी दिए ।

सोहीबमोजिम गाउँपालिकाले वडा नं २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी गत वर्षदेखि नै पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : ४२ बजे

बुद्धजयन्तीका अवसरमा पनौती-नमोबुद्ध शान्ति पदयात्रा

धुलिखेल– दुई हजार ५६९औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीदेखि नमोबुद्ध

समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ

भेरीगङ्गा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक

‘कबड्डी’ जोडी दयाहाङ र रिश्माको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन भदौ २७ मा

काठमाडौं – फिल्म ‘कबड्डी’को जोडी नायक दयाहाङ र नायिका रिश्मा

अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न सहमति

जेनेभा– अमेरिका र चीनले सोमबार दुई पक्षीय व्यापार युद्धलाई कम

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ