राजधानीका सडकमा ठेकेदारको लापरवाही, कालोपत्रे भएको एक वर्ष नपुग्दै खाल्डाखुल्डी | Khabarhub Khabarhub

राजधानीका सडकमा ठेकेदारको लापरवाही, कालोपत्रे भएको एक वर्ष नपुग्दै खाल्डाखुल्डी


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ ।

तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराई बताउँछन् ।

निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्ने, सडक डिभिजन कार्यालयले अनुगमन नगर्ने गरेकाले कमजोर सडक निर्माण भएको हो । तीन किमीको यो सडकको दर्जनभन्दा बढी स्थानमा खाल्डाखुल्डी परेको छ ।

कतिपय स्थानमा भने स्थानीयवासीले खानेपानीको पाइप लैजाँदा खनेको खाल्डो नपुरिँदा त्यहीँबाट सडक जीर्ण बन्न थालेको छ ।

सडक सम्पन्न भएको एक वर्षभित्र बिग्रिए निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने व्यवस्था छ । सडक डिभिजन कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पानीको पाइप बिच्छ्याउन अनुमति दिए पनि सडक बनाउन नलगाएको कुमारीगाल टोल सुधार समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताए ।

गत वर्ष वर्षाद्मा यो सडक विस्तार सम्पन्न भएको थियो । सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कैलाशकुमार श्रेष्ठ निर्माण भएको एक वर्ष अगावै सडक जीर्ण भए निर्माण व्यवसायीलाई मर्मत गराउने बताउँछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : ५२ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम