संयुक्त राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटायो « Khabarhub

संयुक्त राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटायो


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसंघीय आयोगले गाँजालाई सबैभन्दा बढी जोखिमपूर्ण लागुऔषधको सूचीबाट हटाएको छ।

राष्ट्रसंघको पछिल्लो बैठकले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गरेको हो।

अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणमा रहेको गाँजालाई उक्त सूचीबाट हटाउँदै औषधिजन्य प्रयोजन र रोगको उपचारमा प्रयोग गर्न आवश्यक नियमन गर्न सम्बन्धित देशहरुका लागि बाटो खुला गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९६१ देखि खेती गर्न, ओसारप्रसार र सेवन गर्न प्रतिबन्ध लगाइएको गाँजाबारे आयोगका ५३ सदस्यमध्ये २७ जनाले उक्त प्रतिबन्धबाट फुकुवा गर्न मतदान गरेका थिए । उक्त निर्वाचनमा २५ जनाले विरोध गर्नुको साथै एकजना अनुपस्थित रहेको बताइएको छ।

राष्ट्रसंघको सो आयोगका निर्णय अनुसार उक्त गाँजासम्बन्धी अनुसन्धान गर्न र मनोरञ्जनको साधन र औषधीय गुणको रुपमा कानुनी रुपमा अङ्गिकार गर्ने अन्य देशहरुलाई पनि प्रेरित गर्ने बताइएको छ।

करिब ५९ वर्षसम्म गाँजालाई उपचार पद्धतिमा प्रयोग गर्न समेत कडा रुपमा प्रतिबन्ध लगाइएको थियो। अहिलेसम्म ५० वटा देशहरुले गाँजाको औषधीय गतिविधिलाई अङ्गिकार गरिसकेका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : ५५ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार