कोरोनाबाट सुरक्षित रहेको सन्देश दिन एकैसाथ खोप लगाउँदै तीन अमेरिकी पूर्वराष्ट्रपति | Khabarhub Khabarhub

कोरोनाबाट सुरक्षित रहेको सन्देश दिन एकैसाथ खोप लगाउँदै तीन अमेरिकी पूर्वराष्ट्रपति


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)बाट सुरक्षित रहेको सन्देश प्रवाह गर्न तीन अमेरिकी पूर्वराष्ट्रपति जुटेका छन् । उनीहरुले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

पूर्वराष्ट्रपतिहरु जर्ज डब्ल्यू बुस, बिल क्लिन्टन र बाराक ओबामाले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने भएका हुन् । अमेरिकी समाचार संस्थाहरुका अनुसार उनीहरुले टेसलिभिजनमा प्रत्यक्ष प्रसारणसहित खोप लगाउनेछन् ।

बेलायतले खोप प्रयोगको अनुमति दिइसकेको अवस्थामा अमेरिकामा पनि खोप स्वीकृत हुने चरणमा रहेको छ । अमेरिकी नियामक निकायले स्वीकृति दिएको अवस्थामा खोपमाथिको विश्वास कायम गर्नका लागि तीन पूर्वराष्ट्रपतिले लगाउने भएका हुन् ।

यसअघिनै राष्ट्रपतिको निर्वाचनमा निर्वाचित भएर ह्वाइट हाउस प्रवेशका लागि पर्खिरहेका वाइडेन र ह्यारिसले खोप लगाउने बताइसकेका छन् । तर, निर्वाचनमा पराजय भोगेका वर्तमान राष्ट्रपति ट्रम्पले भने खोपका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । एजेन्सी

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १ : २४ बजे

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

काठमाडौं – पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा

मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले मनाङमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले भू–धरातलीय

भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा सघाउने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको प्रस्ताव

काठमाडौँ- अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेन-जी आन्दोलनकारीले तोडफोड र

जनमुखी साकोसको कुल दायित्व १ अर्ब ३८ करोड पुग्यो 

दोलखा– जिल्लाको वैतेश्वर-५ मैनापोखरी मुख्य कार्यालय रहेको जनमुखी  बचत तथा