डिसेम्बर महिना आर्थिक रुपले कुन राशीलाई कस्तो लाभ ? « Khabarhub

डिसेम्बर महिना आर्थिक रुपले कुन राशीलाई कस्तो लाभ ?


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०२० को अन्तिम महिना आर्थिक पक्षमा कस्तो रहनेछ, जान्नुहोस् राशी अनुसारको फल ।

१. मेष राशी
यस महिना मेष राशीलाई वित्तीय मामलामा सफलता प्राप्त हुनेछ । आम्दनीका नयाँ नयाँ स्रोतहरु निर्माण भई राम्रो जागिर वा तलब पाउने संभावना रहनेछ ।

२. वृष राशी
वृष राशीले यस महिना मन अनुसारको बचत गर्न पाउने छैनन् । यो महिना आवश्यकता बिनाका काममा धन खर्च हुनेछ । केहि साथीलाई आर्थिक सहयोग गर्दा हानी हुनसक्छ ।

३. मिथुन राशी
यस राशीलाई यो महिना आर्थिक दृष्टिमा राम्रो छैन । यस पटक आम्दनी घट्न सक्छ । घरका काम वा कार्यक्रममा अत्यधिक खर्च हुने समय रहेको छ ।

४. कर्कट राशी
यो महिना कर्कट राशीका व्यक्तिका लागी आर्थिक पक्षमा चिन्ता गर्न आवश्यक छैन । यो समय आर्थिक पक्ष मजबूत भएका कारणले कारोबारमा इच्छानुरूप फल प्राप्त हुनेछ ।

५. सिंह राशी
सिंह राशीले यो महिना आर्थिक कार्यमा सफलता पाउने छ । धनको मनोवाञ्छित फल प्राप्त हुनेछ । जीवनसाथीको सहयोगमा आयको थप श्रोत बढ्नेछ ।

६. कन्या राशी
कन्या राशीका लागी यो महिना आर्थिक पक्षमा केहि चिन्ताजनक रहन सक्छ । दाजुभाई दिदिबहिनीका बिषयमा धन खर्च हुदाँ बहस हुनसक्छ ।

७. तुला राशी
तुला राशीका लागी यो महिना आर्थिक पक्ष सामान्य रहनेछ । यो समय अधिक मुल्यवान् सम्पती जोड्ने मनसाय बन्नाले त्यसतर्फ खर्च हुनसक्छ ।

८. वृश्चिक राशी
वृश्चिक राशीले यो महिना आर्थिक जीवनमा सावधानीका साथ रहन आवश्यक छ । फजुल खर्च गर्नुअघि बच्नुहोला । धनको कामअघि मातापिताको मार्गदर्शन लिनुहोला ।

९. धनु राशी
धनु राशीलाई यो महिना आर्थिक दृष्टिले सोच अनुसारको रहने छैन । महिनाभरी आर्थिक अभाव रहन सक्छ । अचानक स्वास्थ्य बिग्रदा यसमा खर्च बढ्न सक्छ ।

१०. मकर राशी
मकर राशीले यो महिना आर्थिक पक्ष को मजबूत गर्न गरेको प्रयाश सार्थक भएर जानेछ । यस महिना निकै धन प्राप्त हुनसक्छ । तर बचतको उचित उपाय नुहदा खर्च हुनसक्छ ।

११. कुम्भ राशी
कुम्भ राशीले घरमा खर्च गर्ने समय रहेको छ । यो बेला आफन्तजनबाट हुने आर्थिक सहयोगका अलावा अरुको सहयोग नपाउन सकिन्छ ।

१२. मीन राशी
मीन राशीले यो महिनामा बचत गर्न सक्षम रहनेछ । सरकारी काममा अड्किएको धन यो महिनामा निकास हुने संभावना रहनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : १९ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार