काठमाडौँ उपत्यकामा थपिए ६०६ कोरोना स‌क्रमित, ७ को मृत्यु « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ६०६ कोरोना स‌क्रमित, ७ को मृत्यु


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ५४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सोही अवधिमा काठमाडौंमा २, ललितपुमा ३ र भक्तपुरमा २ गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ८९ हजार ७२८ पुगेको छ  । जसमध्ये ३९५ जनाको मृत्यु भएको छ। हालसम्म८३ हजार ३३७ जना निको भएका छन्।

त्यसैगरी ललितपुरमा संक्रमितको संख्या १३ हजार ६९८ पुगेको छ भने जसमा १२० जनाको मृत्यु भएको छ। ललितपुरमा हालसम्म १२ हजार ३२३ जना निको भएका छन्।

यस्तै भक्तपुरमा हालसम्म स‌क्रमितको संख्या ८ हजार १२० पुगेको छ जसमा ९५ जनाको मृत्यु भएको छ भने ७ हजार ७८५ जना निको भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौमा ५ हजार ९९६, ललितपुरम १ हजार २५५ र भक्तपुरमा ५४० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ४ : ५१ बजे

सरकारी सूचनामा सरकारी सञ्चारमाध्यम मात्र प्रयोग गर्ने निर्णयविरुद्ध पत्रकार महासंघको धर्ना

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै