बहुविवाहको आरोपमा वडाध्यक्ष कुमाई पक्राउ « Khabarhub

बहुविवाहको आरोपमा वडाध्यक्ष कुमाई पक्राउ


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– बहुविवाह गरेको आरोपमा सल्यानका एक वडाध्यक्ष प्रक्राउ परेका छन्। बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र बहादुर कुमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्षसँगै तेस्रो बिहे गरेकी उनकी श्रीमती भनिएकी ग्वाँमी विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घरमा २ श्रीमती र दुवै श्रीमतीका गरी ४ छोराछोरी हुँदाहुँदै तेस्रो बिहे गरेका भनी स्थानीय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह कसुरमा उजुरी दिएका थिए। ती वडाध्यक्ष कुमाईले भाइटीकाका दिन उनै विष्टलाई भगाएका थिए।

उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट प्रक्राउ पुर्जी लिई आरोपित दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।

प्रक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान भइरहेको ओलीले बताए।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ३१ बजे

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी

सुकुम्वासीको अधिकारका लागि आन्दोलन घोषणा, जेठ ७ देखि देशव्यापी आमहड्ताल गर्ने चेतावनी

काठमाडौं- भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३